थुनुवासहित फरार प्रहरी जवान १६ वर्षपछि पक्राउ
काठमाडाैं | माघ १२, २०८०
काठमाडौं: लागू औषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनी पथरावुधाम ३ रौतहटका रहेको प्रहरीले बताएको छ । उनले नक्कली चिट बनाइ आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत समेत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली फरार गरेको अभियोगमा १६ वर्षपछि भारत सीमानाको काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले बताए ।
उनलाई आवश्यक कारबाहीका लागि माघ १२ गते प्रहरी परिसर काठमाडौं पठाइएको र निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने बताए । तत्कालीन समयमा एक करोडबाट सुरु गरी १० लाखमा डिल गरी ६ लाख २५ हजार निजले पाएको प्रहरीले बताएको छ ।
पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको पनि उनले बताए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

